सिरहामा दुर्घटना : घाइतेलाई उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु

सिरहामा दुर्घटना : घाइतेलाई उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-६ देवारीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही गाउँपालिका सितापुर बस्ने ६० वर्षीय शिव नारायण यादवको सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्