लहानमा कक्षा व्यवस्थापनले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै

लहानमा कक्षा व्यवस्थापनले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै

जिवछ यादव
लहान,फागुन ६ गते । कपीमा विधार्थी पिच्छे लेखेर अक्षर चिनाउनुभन्दा भित्ते लेखन गरेर अक्षर चिनाउने कार्यक्रम प्रभावकारी देखिएको छ । एक देखि पाँच कक्षासम्म अक्षर लेखाउने चिनाउने र किताव पढाउन कक्षा व्यवस्थापनमा ध्यान दिन थालेकोले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्न थालेको हो ।

लहान १० गुँदीगाँउका बिन्देश्वर पासवानले खुसी हुँदै भन्नुभयो,फेरिदै छ सामुदायिक विद्यालयको पढाउने शैली । कक्षा कोठा आकर्षक हुँदै गएपछि बालबालिकामा पढने र सिक्ने क्षमताको विकास भइरहेको छ । महँगो शुल्क तिरेर निजीमा पढाउन बाध्य भएका अभिभावकहरु सामुदायिक विद्यालयमप्रति फेरि आकर्षित भएको छ । आफू अध्यक्ष रहेको श्री जनता आधारभूत विद्यालयमा भइरहेको सुधारले गरीव दलितका बालबालिकाहरुले समेत गुणस्तरीय शिक्षा ग्रहण गर्ने वातावरण बन्दै गइरहेको छ । सामुदायिक विद्यालयको गुमेको साँख फिर्ता गराउन नगरपालिका शिक्षा शाखाले काम गरिरहेको अनुभूति समुदायले गर्न थालेको छ ।

लहान नगरपालिकाको ५९ वटै विद्यालयमा क्रमशः लागु गर्ने उद्येश्यले केहि विद्यालयमा यसवर्षदेखि आकर्षक कक्षा व्यवस्थापन र भित्ते लेखन कार्यक्रम लागु गरिएको छ । लहान १० स्थित श्री जनता आधारभूत विद्यालय बैरिया गुँदीगाउका प्रधानाध्यापक बद्री नारायण चौधरीका अनुसार नगरपालिकाले उपलब्ध गराएको तीनलाख वीस हजार रकमबाट कक्षा १,२ र ३ कक्षहरुमा अक्षर सिकाउन पहिलो चरणमा गरिएको भित्ते लेखनले अक्ष्रा चिनाउने कार्य प्रभावकारी देखिएको छ । अर्को चरणमा प्रोजेक्टर सहित कम्प्युटरको माधयमबाट पढाउने गरी आँउदो शैक्षिक सत्रदेखि कक्षा वयवस्थापन गर्ने तयारी विद्यालयले गरिरहेको छ ।

कक्षा १ का विधार्थीहरुलाई कपीमा लेखेर अक्षर सिकाउने अलिक कठिनाई भइरहेको अनुभव बालविकासका शिक्षिका रेखा कुमारी महतोले अनुभव सुनाँउदै भन्नुभयो,भित्ते लेखनले पालो पालो अक्षर चिनाउने कार्यले विधार्थीहरुमा सिकाई उपलब्धी हवातै बढेको छ । प्रोजेक्टर बिधिबाट बालसुलभ खेलकुद र पढाउने तरीकाहरु प्रयोग गर्दा बालबालिकाहरु दिक्क नमानी रुचिपूर्वक हुने प्रभावकारी सिकाइको प्रभावले आउने शैक्षिक सत्रदेखि विधार्थी भर्ना उल्लेखनीय रुपमा बढ्ने प्रवल संभावना छ ।

लहान नगरपालिका शिक्षा संयोजक राजकुमार साह भन्नुहुन्छ,लहान नगरपालिकाको ५९ वटा सामुदायिक विद्यालयहरुमध्ये नाम चलेका केहि माध्यमिक विद्यालयहरुमा समेत कक्षा एकदेखि पाँच कक्षासम्म विधार्थी संख्या अत्यन्त कम हुन थालेको दयनीय अवस्थालाई ध्यानमा राखेर लहान नगरपालिकाले निजी विद्यालयहरुको तुलनामा गुणस्तरीय पढाई,आकर्षक कक्षा व्यवस्थापन र सामुदायिक विद्यालयप्रति सबैको चासो बढाउन लहान नगरपालिका शिक्षा शाखाले काम गरिरहेको छ । सबैभन्दा ठूलो चुनौती रजिष्टरमा रहेको फर्जी विधार्थी यकिन गर्नु रहेको छ । रजिष्टरमा नाम सामुदयिक विद्यालयमा विधार्थी पढिरहेका छन् निजी बोर्डिङगमा । यसले विधार्थी संख्याको आधारमा दिइरहेको सेवा सुविधामा अनियमितता देखिएकोले यसलाई रोक्न नगरपालिकाले सघन अनुगमन गरिरहेको छ ।

लहान नगरपालिकाले शिक्षा क्षेत्रमा सुधारको लागि गरिरहेको काम सराहनीय भएपनि देखिएको अनियमितता रोक्नको लागि पाठ्यपुस्तकमा एकरुपता,सामुदायिक विद्यालयको भौतिक पक्षलाई आकर्षित र शिक्षण सिकाइलाई व्यवस्थित गर्न अभिभावक र विद्यालयहरुको बीचको सम्बन्ध सुधारको लागि व्यापक जन चेतना गर्नुपर्ने आवश्यक्ता रहेको मानव अधिकारवादी राजकुमार राउतले बताउनुभयो ।

शिक्षा विकास समन्वय इकाई सिरहाका इकाइ प्रमुख बिजय मण्डलले सामुदायिक विद्यालयहरुका कक्षा एक देखि पाँच सम्म विधार्थीहरुको उपस्थिति न्यून हुँदै गइरहेको समस्यालाई दृष्टिगत गरी सिरहाका १७ वटै स्थानीय तहहरुमा सघन अनुगमन र सुधारको लागि गरिएको प्रयासले आउने शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना दर अनेृपक्षित रुपमा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्