सुनसरीको दुहवीबाट तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, सातजनाको मृत्यु

<span class='c1'>सुनसरीको दुहवीबाट तीर्थयात्री चढेको बस</span> <span class='c2'>भारतमा दुर्घटना, सातजनाको मृत्यु</span>

विराटनगर । भारतको तामिलनाडुमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । बुधबार राति दुर्घटनामा परेको बताइएको छ ।दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटनामा परेको थियो ।दुर्घटनामा सातजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किएको थियो । सुनसरीको दुहवीबाट माघ २३ गते तीर्थयात्री बोकेर बस भारत प्रस्थान गरेको थियो ।द हिन्दुमा प्रकाशित समाचारअनुसार मध्यरातमा बसले यु टर्न लिन खोज्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा वीरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, विष्णु दाहाल, टीकाराम चौधरी, रशिलाल चौधरी र उनकी श्रीमती छन् ।घाइते भएका २१ जनाको तमिलनाडुमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्