प्रदेश स्तरीय भलिवल प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश

प्रदेश स्तरीय भलिवल प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश

विराटनगर । प्रदेश नं. १ स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा शुक्रबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भएको प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सोलुखुम्बु र झापा बिच प्रतिस्पर्धा भयो । प्रतियोगितामा पाँच सेटबाट खेलको छिनोफानो भएको थियो । सोलुखुम्बुले झापालाई २५–२०, २३–२५, २४–२६,२५–२२, १५–११ सेटले पराजित गरि सोलुखुम्बु फाइनलमा प्रवेश गरेको हो ।
सोही दिन भएको प्रतियोगिताको दोस्रो खेलमा सुनसरीले भोजपुरलाई २५–१६, २५–१९, २५–१६ को सोझो सेटले पराजित गरि सुनसरी फाइनलमा प्रवेश गरेको मदन भण्डारी स्पोटर््स एकाडेमीका अध्यक्ष सागर थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । फाइनलमा खोलुखुम्बु र सुनसरी बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार, द्धितीयेलाई १ लाख, तृतीयलाई ५० हजार र चौथो हुने समूहलाई २५ हजार नगद सहित मेडल प्रदान गरिनेछ । प्रतियोगिताको फाइनलको प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विजेता खेलाडीहरूलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्