१८ असार २०७७, बिहीबार

आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गर्ने चिकित्सक समातिए

रौतहट : आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा रौतहटका एकजना चिकित्सक (अहेब)लाई प्रहरीले पक्राउ गरेको छ ।मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

पीडित  महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भईसकेको डिएसपी महतोले जानकारी दिएका छन् ।पछिलो दुईबर्षदेखी गरुडास्थित पोलीक्लिनिक सञ्चालन गरेका आरोपी पटेलमा काम गर्दैजाँदा बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाई छ ।पटेलले करणी गरेकाले तीन महिनाको गर्भवती रहेको चौधरी थरकी पीडितले बताएकी छिन् । उनले यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।फेरी अब बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।

तर जिल्ला अस्पतालमा भएको स्वास्थ परिक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थपअनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-6-30

Country Confirmed Death
Nepal1356429
India58548117400
China847854641
Malaysia8639121
Qatar96088113
Australia7920104
US2635603127417
Saudi Arabia1908231649