भारतमा मिनिबस दुर्घटनामा परी मृत्यु हुने सबै सुनसरीको इटहरीका (नाम सहित)

<span class='c1'>भारतमा मिनिबस दुर्घटनामा परी मृत्यु हुने</span> <span class='c2'>सबै सुनसरीको इटहरीका (नाम सहित)</span>

विराटनगर । भारतको बैंगलरुमा मिनिबस दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । मृत्यु हुने सबै सुनसरीको इटहरीका हुन् । उनीहरुको पहिचानसमेत खुलिसकेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीले जनाएको छ ।

घटनामा इटहरी वडा नम्बर १० का सात जनाको ज्यान गएको वडाध्यक्ष प्रकाश चौधरीले जानकारी दिएका छन् । माघ २३ गते तीर्थयात्रामा गएका नेपाली थीर्थयात्रु सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरी १०, ११ र १२ का गरेर १० जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन् । त्यस्तै, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको पनि मृत्यु भएको छ ।

बसमा ३४ जना यात्रु सवार थिए । ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अरुको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्