प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जाँदै छन् ।उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको हो । हेलिकोप्टरमार्फत् त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले आज ६९ औं जन्मदिन मनाउँदै छन् ।ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो । उहांको जन्मदिन मनाउन जन्मस्थान आठराईमा विशेष कार्यक्रम गर्न लागिएको छ ।

प्रधानमन्त्री जन्मथलो जाने भएसँगै आठराई गाउँपालिकामा प्रधानमन्त्रीको पुरानो घर नजिकै हेलिप्याड निर्माण गरिएको छ ।दुई वर्षे कार्यकाल पूरा गरेका प्रधानमन्त्री ओली आज आफ्नो निर्वाचन क्षेत्र झापामा हुने कार्यक्रममा पनि सहभागी हनेछन् ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा सडक, पुल उद्घाटन र पुल शिलन्यास गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्