सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खस्यो

<span class='c1'>सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा</span> <span class='c2'>अनियन्त्रित भएर त्रिशुली नदीमा खस्यो</span>

सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको छ । आइतबार बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको हो ।

ना ५ ख ३७७७ नं। को ट्रक सडकबाट १ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकर र सप्तरी घर भएका सहचालक १८ वर्षीय राजेश विक घाइते भएका थिए ।

दुवैलाई उपचारको लागि गजुरी अस्पताल लगिएकोमा थोकरको उपचारको क्रममा मृत्यु भएको थियो । विकको अवस्था भने सामान्य रहेको छ ।

सिमेन्ट बोकेको ट्रक वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्