उदयपुरको कटारीका ११ वटा विद्यालयका शिक्षकहरु २० महिनादेखि तलब विहीन !

<span class='c1'>उदयपुरको कटारीका ११ वटा विद्यालयका शिक्षकहरु</span> <span class='c2'>२० महिनादेखि तलब विहीन !</span>

उदयपुरको कटारी नगरपालिकाका ११ वटा विद्यालयका ११ जना शिक्षकले २० महिनादेखि तलब नै पाएका छैनन् ।तत्कालीन जिल्ला शिक्षा कार्यालय अनुदानबाट तलब पाइरहेका शिक्षकहरु स्थानीय निकायले नै शिक्षा क्षेत्रसमेत हेर्ने जिम्मेवारी पाएपछि तलब विहीन भएका हुन् ।२० महिनादेखि तलब नपाएपछि विद्यालय सञ्चालनमा मात्रै होइन, शिक्षकको जिविको पार्जनमै समस्या परेको छ ।

शिक्षकहरुका अनुसार जिल्ला शिक्षा इकाईले नगरपालिकालाई र नगरपालिकाले वडालाई तलब दिने निकाय देखाउदै आएको छ । तर, वडामा भने उक्त शीर्षकमा बजेट नभएको कारण शिक्षकहरु तलब विहीन हुनुपरेको हो ।११ विद्यालयका ११ जना शिक्षकहरुले दरबन्दी सो सरहको तलबको माग गरिरहेका छन् । पटक–पटक नगरपालिकामा लिखित निवेदन दिएपनि तलब नपाएपछि विद्यालयको परीक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा आइपुगेको बताउँदै शिक्षकहरु अभिभावकहरुलाई समेत लिएर आन्दोलनमा उत्रने तयारीमा छन् ।

उनीहरुका बिषयमा कटारी नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक चन्द्रदीप पौडेलले आगामी परिषदमा छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्