रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता

रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता

रंगेली । मोरङको रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता भएको छ । रंगेली नगरपालिका ७ मा रहेको अस्पताल अगाडिको निजि जग्गामा स्थानीय युवाहरुले दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको ब्याडमिन्टन कोडमा पहिलो पटक ब्याडमिन्टन खेल को प्रतियोगिता गराएका हुन् ।


सो खेलमा रंगेली ब्याडमिन्टन क्लव, बिओपि रंगेली , बिओपि चुन्निवारी, अमरदह, सिजुवा, लगायत १३ बटा टिमको सहभागी रहेको थियो । खेलमा प्रथम हुने अमरहद का बिनोद थापा र रंगेली का भिम बहादुर श्रेष्ठ पहिलो भएका थिए । बिओपि चुनिवारीका झकेन्द्र बानियाँ र बिओपि रंगेली का जितेन्द्र बस्नेत दोस्रो भएका हुन भने रंगेली का नवीन साह र सन्तोष लिम्बू तेस्रो भएका थिए । प्रथम लाई नगद २१ हजार दोस्रो ११ हजार रुपैयाँ र तेस्रो लाई ५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको

थियोे ।

सो खेलमा उत्कृष्ट खेलाडी शम्भु कटुवाल , अनुसाशित मा सिताराम मंन्डल घोषित भएका थिए । खेलका एम्पायर सुजित पौडेल र शिवु राईले गरेका थिए । खेलका बिजेता उपबिजेताहरुलाई ब्याडमिन्टन क्लवका सचिव प्रल्हाद यादव, शिवु राई, रामनारायण मंन्डल, लगायतले नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

रबिन्द्र बराल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्