अश्लील भिडियो बनाउने तीनजना युवा पक्राउ परे

अश्लील भिडियो बनाउने तीनजना युवा पक्राउ परे

भक्तपुर । अश्लील भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरमा तीनजना पक्राउ परेका छन् । उनीहरुलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्