विवाह भोजबाट फर्किदै गरेको जिप दुर्घटना, दुई घाइते

विवाह भोजबाट फर्किदै गरेको जिप दुर्घटना, दुई घाइते

गोकर्ण दयाल
बैतडी, फागुन ११ गते । बैतडीको पाटन नगरपालिकामा विवाह भोजबाट फर्किदै गरेको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

आइतबार राति ११ः३० बजे पाटन नगरपालिका–३, गुरुडास्थित बोहरीगाउँबाट खोड्पेतर्फ जादैं गरेको से १ ज २१३ नम्बरको जिप धुरा भन्ने स्थानमा दुर्घटना भएको स्थानीय खोड्पे प्रहरी चौकीले जानकारी दिएको छ ।

दुर्घटनामा जिप चालक पाटन नगरपालिका–८, रिसेडी घर भएका २३ वर्षीय लोकेन्द्र मडै र जिपमा सवार पाटन नगरपालिका–८ आरुबाटाका २६ वर्षीय गणेश महरा घाइते भएका छन् । दुर्घटनामा परेर गणेश महराको टाउको र बाँया खुट्टामा चोट लागेको र चालक सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

विवाह भोजमा जानेलाई गाउँ पुर्याएर फर्किने क्रममा आइतबार राति पाटन नगरपालिका–३, गुरुडास्थित बोहरीगाउँको धुरामा जिप दुर्घटना भएको स्थानीय प्रहरी चौकी खोड्पेका ईन्चार्ज रामदत्त भट्टले जानकारी दिनुभयो ।

घाईते दुबैको डडेल्धुरा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी पठाइएको छ । जिपमा दुईजना मात्रै सवार रहेका थिए । जिप सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्