ओबी समाचार प्रभाव : समाजसेवी बलवहादुरले गरे दुई महिने असाहय बालकलाई सहयोग

ओबी समाचार प्रभाव : समाजसेवी बलवहादुरले गरे दुई महिने असाहय बालकलाई सहयोग

रबिन्द्र बराल

रंगेली फाल्गुन ११ , नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि आमाकाे मृत्यु भए पछि दुई महिने दुघे बालकाे बिचल्ली भएको खवर आवर बिराटनगर अनलाइनमा प्रसारण भए पछि एक समाजसेविले उक्त दुघे बालकलाई सहयोग गरेका छन ।

माेरङकाे रतुवामाई नगरपालिका घर भएका हाल बिराटनगर बसाेवास गर्दे आएका समाजसेवी बलवाहादुर बस्नेतले दुई महिने बालक तथा उनका हजुर आमा र हजुर बुबालाई जिन्सी सहयोग गरेका छन । उनले दुधे बालकलाई ५  प्याकेट ल्याक्टाे दुघ, झुल, ब्लान्केट,लुगा र बालकलाई दूध खुवाउनका लागि नगद २ हजार समेत दिएका छन भने पालनपोषण गर्ने हजुर आमा र बुवालाई दुई थान साडी ,५० केजि चामल ,१० केजी पिठो ,२० केजि आलु, हर्लिस, ५ केजि नुन, १० केजि दाल, झुल,५ लिटर खाने तेल, लगायतका सामाग्रीहरु बितरण गरेका थिए ।

बस्नेतले भने आफुले विभिन्न अनलाइनमा खबर प्रसारण भएको देखेपछि आफुलेे बच्चाको दुख बुझेर जिन्सी तथा आर्थिक सहयोग गर्ने ईच्छा भएको हुनाले सहयोग गरेको र गरिव र असायह हरु काे सधैं सहयोग गरिरहने समेत बताए । स्थानीय बडा अध्यक्ष ,बुद्धिजीवी , समाजसेवी लगायतको उपस्थिति समेत रहेको थियोे । माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेकाे केरन्जा नजिकै मुसहर टाेलमा बसाेबास गर्दे आएका ७० बर्षकी निसि देवि ऋिषिदेवले भनिन यस्तो सहयोग गरेकाेमा बलवहादुर बस्नेतलाई धन्यवाद समेत दिदै अरु सहयोगी हातहरुले पनि सहयोग गर्न आग्रह समेत गरिकि छिन ।

अहिले दुई महिनेे रेनुका ऋिषिदेव नातिनीलाई पालनपोषण गर्न हम्मेहम्मे परेको समेत बताईन । भान्जा कलशदेव ऋिषिदेवकाे १० घुर जग्गामा सानाे घर बनाएर बसिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्