प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परे

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परेका छन् ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थीले कालो झण्डा देखाएका थिए ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन् ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सुनेर पनि बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्