रंगेलीमा यस्तो : विद्युतीय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिर हुन थाले

रंगेलीमा यस्तो : विद्युतीय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिर हुन थाले

रबिन्द्र बराल रंगेेेेली,
सामुदायिक बिधालयमा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि माेरङकाे रंगेली नगरपालिकाले विद्यालयहरुमा विद्युतीय हाजिरी जडान गरेको छ।

विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको रंगेली नगरपालिकाका शिक्षा शाखा अधिकृत रबिन्द्र पंन्डितले बताए ।

नगरपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक माध्यमिक तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य सबै आधारभूत विद्यालयमा समेत बिधुतिय हाजिरी जडान गर्ने तयारी थालिएको पंडित ले बताए । पहिलाे चरणमा नगरपालिका ले पव्लिम उच्च माध्यमिक बिधालय ,अादर्श माध्यमिक बिधालय , जनता माध्यमिक बिधालय , रत्न उच्च माध्यमिक बिधालय , गणेश माध्यमिक बिधालय लागायत १२ बाट बिधालयमा पहिलोपटक विद्युतीय हाजिरी शुरु सन्चालन गरिएको हाे । विद्युतीय हाजिरी जडानसँगै शिक्षक बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ। बिधुतिय हाजिरी नहुदा बिधालय मा शिक्षक हरु कहिले ११ बजे कहिले १२ बजे सम्म बिधालय मा हाजिरी हुने गर्देथिए । रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ। ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर नगरपालिकाबाटै छड्के अनुगमन समेत गरिदै अाएकाे रंगेली नगरपालिकाका बडा अध्यक्ष रामचन्द्र मंन्डलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्