सुनसरीको इटहरीकी महिलालाई जागिरको प्रलोभन देखाएर सामुहिक बलात्कार

सुनसरीको इटहरीकी महिलालाई जागिरको प्रलोभन देखाएर सामुहिक बलात्कार

काठमाडौ । जागिरको प्रलोभन देखाएर सामुहिक बलात्कार गरेकोे आरोपमा दाजुभाई पक्राउ परेका छन् ।

सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर बलात्कार गर्ने दुई दाजुभाईलाइ महानगरीय प्रहरी वृत महारजगन्जको टोलीले पक्राउ गरेको छ  ।

पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको हो ।

पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको वृतका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकरी दिएका छन् ।

ती महिलालाई उनीहरुले जागिर मिलाइ दिने प्रलोभन देखाइ काठमाडौं बोलाएर सामूहिक बलात्कार गरेका थिए । उनीहरुबीच सामाजिक सञ्जालमा चिनजान भएको थियो ।

उनीहरूले ती महिलालाई काठमाडौंको बूढानीलकण्ठस्थित सुवास संग्रौलाको घर र भक्तपुरको एक रिसोर्टमा लगेर पालैपालो बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

पक्राउ परेका दुई जना सहोदर दाजुभाई भएको प्रहरीको भनाइ छ । आइतबार साँझ बूढानीलकण्ठबाटै नियन्त्रणमा लिइएका उनीहरूलाई महाराजगन्ज वृत्तको हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दा चलाइएको छ ।

काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको डीएसपी लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्