हराएको १७ वटा मोवाईल र ४ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई प्रहरीले बुझायो

हराएको १७ वटा मोवाईल र ४ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई प्रहरीले बुझायो

विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको १७ वटा मोबाइल र ४ वटा मोटरसाइकल फेला पारी सम्बन्दित व्यक्तिलाई फिर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको उपस्थिीतमा मंगलबार पत्रकार सम्मेलन गरी मोबाइल र मोटरसाइकल फिर्ता गरेको हो ।
हराएको मोबाइलमा सुन्दरहरैचा ७ का केशव चौधरीको भिभो मोबाइल, सुन्दरहरैचा १ का राजेश भट्टराईको हुवावे मोबाइल,बेलबारी २ का रेनुका भट्टराईको सामसुङ ग्यालेक्सी मोबाइल, बेलबारी ११ का अनिश श्रेष्ठको सामसुङ प्राइम मोबाइल, सुन्दरहरैचा १० का निरज थापाको रेडमी मोबाइल, बेलबारी ३ का तिर्थराज श्रेष्ठको सामसुङ जे फोर मोबाइल, ईटहरी २ का विशोर राईको सामसुङ ग्यालेक्सी मोबाइल फिर्ता गराएको हो ।

त्यसैगरी ग्रामथान ६ का सुरोज चौधरीको होनोर टेन लाइट मोबाइल, सुन्दरहरैचा ८ कि सितादेवी राईको सामसुङ जे सेभन मोबाइल, सुन्दरहरैचा ५ का आशिष ढकालको ओप्पो एफ सेभन मोबाइल, ग्रामथान ७ का करण माझीको इनफिक्स मोबाइल, यता विराटनगरका भिम दाहालको ओप्पो मोबाइल, सुन्दरहरैचा ०९ का अरन्जेब महमदको हुवावे मोबाइल, बेलबारी ३ कि लक्ष्मी राईको साअमसुङ जे फाइभ मोबाइल, सुन्दरहरैचा ७ का भक्त बहादुर श्रेष्ठको सामसुङ जे टु मोबाइल, लेटाङ ८ कि स्वेता चेम्जोङको भिभो वाई टुभेल मोबाइल र बेलबारी ३ कि राधा मल्लिकको सामसुङ डुस मोबाइल प्रहरीले बरामद गरि बुझाएको हो । उक्त हराएको मोबाइल प्रहरीले आधुनिक प्रविधिको प्रयोगबाट खोजतलास गरि विरंगज, रौतहट, सिन्धुली , धनकुटा , उदयपुर, झापा, काकडभिट्टा , सिराहा, सप्तरी, सुनसरी र मोरङबाट फेलापारी बुझाएको पत्रकार सम्मेलनबाट एसपी विश्व अधिकारीले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्