मोरङको घटना :युवतीको गोप्य फोटो पोस्ट गरिदिने भन्ने युवा पक्राउ

मोरङको घटना :युवतीको गोप्य फोटो पोस्ट गरिदिने भन्ने युवा पक्राउ

विराटनगर । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दुई जना व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका व्यक्तिहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने वर्ष १९ कि संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने रिषिराम भट्टराई रहेका छन । २०७६ फाल्गुन ०८ गते दिउँसो ३ बजे सुन्दरहरैचा ५ गौसला घर भएकी गुरुप्रसाद अधिकारीको श्रीमती वर्ष १९ कि प्रीती तिम्सिना ( अधिकारी ) लाई सलको पासो लगाई झुन्डीएको अवस्थामा मृत फेला परेको थियो ।

घटनामा अनुसन्धान गर्दा बेलबारी प्रहरीले मृतकको साथबाट घटना स्थलमा सुसाइड नोट र मृतकले प्रयोग गर्ने मोबाइल फोन फेला पारेको थियो ।
उक्त सुसाइड नोटमा  फेसबुक आईडी प्रयोग गर्ने दिपा नाम गरेको केटीले नकारात्मक गोप्य फोटो पोस्ट गरिदिने भन्दै ब्लाक मेल गरि पटक पटक पैसा असुल्ने गरेको र सोही दिन समेत पैसा मागेकोमा पैसा नभएको कारणले आत्महत्या गर्नु परेको भनी लेखिएको छ । प्रहरीले उक्त सुसाइड नोट र मोबाइल फोनको आधारमा मबशशष्लिन त्रगभभल फेसबुक आइडी प्रयोग गर्ने दिपा भनिने रिषिराम भट्टराई भएको र इटहरी स्थित गोर्खा डिपार्टमेन्ट अगाडि पटक पटक पैसा लिन संजिता निरौला गएको भन्ने अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए । इन्स्पेक्टर बुढाथोकीका अनुसार अहिले सम्म आरोपित व्यक्तिले कति रकम लिएको भन्ने नखुलेको तर धेरै पटक रकम लिएको अनुसन्धानबाट देखिएको बताएका छन । पक्राउ परेका उक्त व्यक्तीहरु माथी म्याद थप गरि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यता प्रहरीको नियन्त्रणमा भएकी संजिता लुइटेलले आफुलाई रिषिराम भट्टराईले भारतमा सञ्चालन हुँदै आएको र नेपालमा पनि सक्रीय रहेको अवैध नेटवर्किङ विजनेस ओरियन्समा लगाईदिने वहानामा मृतक प्रीती तिम्सिना ( अधिकारी ) बाट पैसा लिनु छ त्यहाबाट पैसा लिएर आइदिनु भनेर आफू गएको बताएकी छिन । प्रहरी नियन्त्रणमा रहेकी लुइटेलका अनुसार घटनाको आरोपित भट्टराई नेटवर्किङ विजनेस ओरियनसमा सकृय रहेको र आफुलाई पनि लाग्न लोभ देखाएको बताएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्