गरिखानेको कथा : इलामको अन्तुडाँडामा तराईको खाजा “भक्का” बेच्दै जीवन चलाउदै

गरिखानेको कथा : इलामको अन्तुडाँडामा तराईको खाजा “भक्का” बेच्दै जीवन चलाउदै

एन्जु शिवाकोटी
विराटनगर । इलामको सूर्योदय नगरपालिका वडा नं. ५ मा रहेको अन्तुडाँडा । जहाँबाट विहानी उदाउदै गरेको सुन्दर सूर्यलाई देख्न सकिन्छ । इलामको यात्रामा आएका हजारौ पर्यटकको मनलाई छुने गन्तव्य हो अन्तुडाँडा । यहाँ प्रत्येक विहान सूर्योदय हेर्न आउने मानिसहरुको भिड लाग्ने गर्दछ ।

त्यही रमाइरहेको भिडको एक कुनामा बसेर ५५ बर्षिय चन्द्रकला प्रदान र उनी ४५ बर्षिय बहिनी भक्का बेच्दै गरेको देख्न सकिन्छ । तराईका बासिन्दाहरुको लागी भक्का कुनै नौलो परिकार हैन तर पहाडतिर भने भक्कालाई नौलो परिकार नै मानिन्छ ।
चन्द्रकला र उनकी बहिनी बिहान ३ बजे घरबाट निकिएर लगातार २ घण्टाको उकालो बाटो पार गरेर प्रत्येक विहान अन्तुडाँडामा भक्का बेच्न आउने गर्दछन् ।

भक्का देखि बाहेक उनीहरु अण्डा, चिया, फापरको रोटी, पकौडा लगाएतका खानेकुरा बेच्छन् ।
हामीहरु कुनै रहरले यति दुःख गरेर यहाँ आएका होइनौ । यो हाम्रो बाध्यता हो । विगत ५ बर्ष देखि यस ठाँउमा भक्का बेच्दै आएका छौ । हुनत हामिलाई पेट पाल्नकै लागि यो व्यवसाय गर्नु पर्ने अवस्था भने छैन । हामी दुबैका श्रीमानको राम्रो कमाई छ । "आफ्नो कमाई नहुदा धेरै लाचार हुनु पर्ने रहेछ" त्यसैले यस व्यवसायलाइ अंगालेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्