दिल्लीमा हिन्दु र मुस्लिमबीच भड्किएको हिंसामा मर्नेको संख्या १३ पुग्यो

दिल्लीमा हिन्दु र मुस्लिमबीच भड्किएको हिंसामा मर्नेको संख्या १३ पुग्यो

एजेन्सी । भारत दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएराती हिंसाग्रस्त इलाकाको भ्रमण गरेका छन् । केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले घाइतेहरुको उपचार गराइरहेको अस्पतालको भ्रमण गरेका छन् ।

उनले हिंसामा परी मृत्यु हुनेको संख्या १३ पुगेको जानकारी दिए । घाइतेमध्ये कयौंको अवस्था गम्भीर रहेको उनको भनाइ थियो ।सोमवारको प्रदर्शनमा ८१ व्यक्ति घाइते भएका थिए भने हिजोको घटनामा घाइते ६९ जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।विवादास्पद नागरिकता कानुनको पक्ष र विपक्षमा रहेकाहरु झडपमा उत्रिएपछि दिल्लीको उत्तरपूर्वी क्षेत्र अशान्त बनेको हो ।

उत्तर पूर्वी दिल्लीको मुसलमान बहुल स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको हो ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्