रंगेलीमा १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

रंगेलीमा १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

रबिन्द्र बराल
रंगेली । रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालय र निजि बिद्यालयलाई समावेस गरेर नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएका जनाएको छ ।


नगरपालिका भित्र रहेका सामुदायीक बिद्यालयबाट १२ बटा र निजि विद्यालयबाट ७ बिद्यालयका कक्षा ९ र १० का छात्र , छात्राहरुको सहभागी हुने जनाइएको छ ।
प्रतियोगितामा विभिन्न खेल हुने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिए । सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा हुने भएको छ। उक्त खेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने शिक्षा समितिका सदस्य भक्तराज सुुब्बले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्