खोटाङबाट हराएर बेपत्ता भएका युवक सुनकोशी नदी किनारामा मृत फेला

<span class='c1'>खोटाङबाट हराएर बेपत्ता भएका युवक</span> <span class='c2'>सुनकोशी नदी किनारामा मृत फेला</span>

खोटाङ, फाल्गुन १५ गते ।
खोटाङको जन्तेढुङगा गाउँपालिका-१ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् । यही फाल्गुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तर्फ घुम्न भनी गएका राई बेलुका सम्म पनी घर फर्की नआई बेपत्ता भएका थिए ।

बेपत्ता भएका राईको खोजतलास गरिरहेको प्रहरी र स्थानीयवासीको टोलीले राईलाई जन्तेढुङगा गाउँपालिका-१ कुटिटार स्थित सुनकोशी नदी किनारामा बुधवार दिउँसो साँढे १ बजे मृत अबस्थामा फेला पारेका थिए । बेपत्ता भएको ५ दिन पछी मृत फेला परेका राईको सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्