झापाको बिर्तामोडबाट जुवा खेल्ने ६ जना पक्राउ परे

झापाको बिर्तामोडबाट जुवा खेल्ने ६ जना पक्राउ परे

झापा, फाल्गुन १५ गते ।

झापाको बिर्तामोड नगरपालिका-४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ साँढे ६ बजे स्थानीय कोपीला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर धनी २६ बर्षीया कोपीला लिम्बु तामाङ सहित हल्दिवारी-४ का ५२ बर्षीय प्रलाद चुँडाल, बिशुलाल मेचे, हल्दिवारी-५ का ३५ बर्षीय डम्बर बहादुर मगर, मेचिनगर नगरपालिका-१३ का ५३ बर्षीय दिपेश क्षेत्री र ४६ बर्षीय भुपु राईलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले १६ थान कौडा, नगद रु. ९८ हजार, भारतिय रुपैयाँ १ हजार, मोवायल ६ थान, ९ वटा मोटरसाईकल र १ वटा कार समेत बरामद गरेको छ । पक्राउ परेका ६ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्