झापाबाट काठमाडौं जाँदै गरेको पूर्वउपप्रधानमन्त्री मैनाली चढेको गाडी दुर्घटनामा

झापाबाट काठमाडौं जाँदै गरेको पूर्वउपप्रधानमन्त्री मैनाली चढेको गाडी दुर्घटनामा

बर्दिवास । नेकपा माले महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मनौली गम्भिर घाईते भएका छन् । मालेका महासचिव मैनाली चढेको गाडी वीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।

झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्