प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र शेखरबीच डेढघण्टा लामो भेटवार्ता भएको हो ।भेटको शुरुमै कोइरालाले आफुले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भनेको प्रसङ्गबाट उठाएका थिए ।

भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टीका  विषयमा छलफल भएको बताइएको छ ।शेखरले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।

भेटमा प्रधानमन्त्री ओली देशका बारेमा निकै चिन्तित देखिएको बताइएको छ ।प्रधानमन्त्री ओली र  शेखरबीच भेटवार्ता भएको कोइरालाका सहयोगी दिनेश थपलियाले स्विकार गरेपनी डेढ घण्टाको भेटमा थप के के कुरा भयो भन्नेबारे केही बताउँन चाहेनन् ।

पार्टीको आसन्न महाधिवेशनमा सभापती लड्ने भन्दै देश दौडाहामा रहेका कोइराला र प्रधानमन्त्रीबीचको यो भेटघाटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्