रंगेलीमा १२औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

<span class='c1'>रंगेलीमा १२औ राष्ट्रपति रनिङ्ग</span> <span class='c2'>शिल्ड प्रतियोगिता सुरु</span>

रबिन्द्र बराल

रंगेली  फाल्गुन १६ ,रंगेली नगरपालिकामा १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको छ ।

नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालय का कक्षा ९ देखि १२ सम्मका का छात्र , छात्राहरुकाे खेलकुद प्रतियोगिता सुरु भएको हाे । उद्घाटन खेलका प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंन्डल,विशिष्ट अतिथि नगरपालिकाका मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी वडा अध्यक्ष रामचन्द्र मंन्ड, विभिन्न बिधालयका शिक्षकहरुकाे समेत उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिले सिटि बजाएर १५ सय मिटर दाैडकाे उद्घाटन गरेका थिए । प्रतियोगितामा दाैड,कवडि,भलिबल,सटफुट,हाईजम्प लगायत विभिन्न खेेेल जनता क्याम्पसको खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने भएको छ । । खेलमा प्रथम, द्वितीय र तृतीय हुने हरुलाई नगद, सिल्ड र प्रमाणपत्र समेत बितरण गरिने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्