नेकपा मालेद्वारा महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन

नेकपा मालेद्वारा महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन

काठमाडौं । नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको हो ।

स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयाोजकत्वमा निर्माण भएको कार्यदलको सदस्यमा पोलिटब्यूरो सदस्य परशुराम लामिछाने र केन्द्रीय सदस्य क.शंकर पोखरेल रहेका छन् ।

बैठकले सीआइबीमार्फत दुर्घटनाको सत्यतथ्य छानविन गर्न सरकारसमक्ष माग समेत गरेको छ । मैनाली सवार कार बिहीबार महोतरीको रातुपुलमा दुर्घटना भएको थियो । दुर्घटनामा महासचिव मैनालीसहित उनका छोरा, बुहारी, नाती र कारचालक घाइते भएका छन् । मैनालीको राजधानीमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्