माछा मार्ने क्रममा नेपालीको करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा नेपालीको करेन्ट लागेर मृत्यु

विराटनगर । मोरङका भिन्दा भिन्दै ठाउँमा करेन्ट लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ ।
जरुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारी नगरपालिका–८ का २१ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको गोदाबारी अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।
त्यस्तै मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगामा करेन्ट लागेर ३७ वर्षीय सन्तोश मुखियाको मृत्यु भएको छ । आफ्नै घरमा मटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको रंगेलीको टाइम्स अस्पतालमा उपचारका क्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्