पथरीमा गोरु र वियर लोड गरेको ट्रक एक आपसमा ठोक्किदाँ २ को मृत्यु , दुर्घटनामा ५ वटा गोरु मरे

पथरीमा गोरु र वियर लोड गरेको ट्रक एक आपसमा ठोक्किदाँ २ को मृत्यु , दुर्घटनामा ५ वटा गोरु मरे

विराटनगर । मोरङको पथरी उर्लावारी सडक खण्ड पूर्व पश्चिम राजमार्गको हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
शनिवार विहान करिव ६ वजेको समयमा भएको सो दुर्घटनमा पश्चिमबाट पुर्व जादै गरेको प्रदेश न १–०२–००१–ख ८०९१ नम्वरको ट्रकले सोही दिशा जादै गरेको ना ८ ख ६७ नम्वरको ट्रकलाई पछाडी बाट ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकका चालक जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्वर ११ वस्ने वर्ष २८ को अजय अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । भने ट्रकका सहचालक भरतपुर महानगर पालिका वडा न ११ वर्ष ३० अंकित जियन गम्भिर घाईते भएका थिए ।
घाईतेको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको टा«फिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घटना स्थलमै मृत्यु भएका ट्रकका चालकको शव उर्लावारी मंगलवारेको मंगलवारे अस्पतलामा पोष्टर्माटमका लागि लगीएको छ भने सह चालकको शव पनि मंगलवारे नै तयारी भईरहेको टा«फिक प्रहरीले जनाएको छ ।
यता ठक्कर खाने ट्रकमा भने समान्य क्षति पुगेको छ सोही ट्रकका रहेका २८ वटा गोरुहरु मध्ये ५ वटा गोरुको पनि दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक सर्लाही जिल्ला हरिवन नगरपालिका वडा ७ वस्ने वर्ष ३४ का हिरोदनराग बन्जन लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ दुर्घटना अत्याधिक तिव्र गतिका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्