“दले दाइ” गृह जिल्ला सुनसरीमा,धरानका मेयरले पनि मागे सुमनलाई भोट

<span class='c1'>“दले दाइ” गृह जिल्ला सुनसरीमा,धरानका</span> <span class='c2'>मेयरले पनि मागे सुमनलाई भोट</span>

सुमनलाइ जिताउनै पर्छ भन्दै धरानका मेयरले भोट मागेपछि...
इटहरी फाल्गुुुन १७,

"दले दाइ" नामले लोकप्रिय कमेडियन सुमन अहिले आफ्नो गृह जिल्ला सुनसरी आएका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आएको हास्यबिधा अन्तरगत नेपालकै पहिलो रियालिटि सो कमेडी च्याम्पियनमा दले दाइको भुमिका मार्फत अन्तराष्ट्रीय जगतमा चर्चा कमाएका सुनसरीको इटहरी निवासी सुमन कोइरालालाइ अत्याधिक भोट गरेर बिजयी गराउन धरान उपमहानगरका मेयर तिलक राइले एक नम्बर प्रदेशवासीहरूमा बिनम्र अनुरोध गर्नुभएको छ ।

निज निवास अन्तरगत औपचारिक भेटघाट कार्यक्रममा मेयर राइले दलेदाइको भुमिकाबाट चिनिएका सुमन कोइराला प्रतिभावान कलाकार बनिसकेको भन्दै भोटकै कारणले पछि पर्न नहुने बताउनुभयो । कोइरालालाइ आफुपनि धेरै भन्दा धेरै भोट गर्ने मेयर राइले प्रतिवद्धता जनाउनुभयो ।

उहाले धरानेवासी सहित प्रदेसवासी हुदै देशबिदेसमा रहनुहुने नेपालीहरूले पनि धेरै भन्दा धेरै भोट गरेर सुमनलाइ कमेडी च्याम्पियनमा जिताउन अनुरोध गर्नुभयो । प्रतिभावान कलाकारहरू भोटकै कारण पछि पर्न नहुने भन्दै आफु सहित सिंगोधरानवासी सुमनलाइ जिताउन लागिपर्ने उहाले प्रतिवद्धता दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्