प्रतिनिधिसभाको बैठक आज  दिउँसो  १ बजे बस्दै

<span class='c1'>प्रतिनिधिसभाको बैठक आज  दिउँसो </span> <span class='c2'>१ बजे बस्दै</span>

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज  दिउँसो  १ बजे बस्दैछ । बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन् । यसअघि १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा सरकराले जवाफ दिनुपर्ने माग राखेका थिए ।

विपक्षी दलका सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण पनि गराएका थिए । बैठकमा सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको स्वेतपत्रमा आपत्ति जनाएका थिए ।

उनले पार्टीको सरकारप्रति विश्वासको संकट आएको समेत बताएका थिए । उपप्रधानमन्त्रीले हालै जारी गरेको नेपाल ट्रष्टको स्वेतपत्रमा आफ्नो नाम उल्लेख गरेको भन्दै उनले झुठा कुरा लेखिएर अश्वेतपत्र जारी गरिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्