मोरङ, फाल्गुन १८।
मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा साँझ ५ बजे मृत्यु भएको हो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।