बच्चा बोकेकी महिलालाई कुट्ने प्रहरी निरीक्षक कार्वाहीमा

<span class='c1'>बच्चा बोकेकी महिलालाई कुट्ने</span> <span class='c2'>प्रहरी निरीक्षक कार्वाहीमा</span>

ललितपुर, फागुन १८ । ललितपुरको भैंसेपाटीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कार्वाहीमा परेका छन् । उनलाई भैसेपाटी वृत्तबाट ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा तानिएको हो । पौडेलको ठाउँमा अर्का निरीक्षक सुजित ओझालाई पठाइएको छ ।

नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीले वर्षौसम्म राखेकी महिलालाई पत्नी नस्वीकारेपछि घेराउ गर्न पुगेका महिलामाथि प्रहरीले दुर्व्यवहार गरेको थियो । त्यसक्रममा त्यहाँ पुगेकी बच्चा बोकेकी हेमा श्रेष्ठलाई निरीक्षक पौडेलले विहीबार अमानवीय ढंगले लाठी प्रहार गरेका थिए । निरीक्षक पौडेलले लाठी प्रहार गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि उनीमाथि कार्वाही गर्न चौतर्फी दबाब परेको थियो भने प्रहरीको व्यवहारमाथि नै सामाजिक सञ्जालमा प्रशन उठेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएर गत शुक्रबार देखि छानबिन थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्