सप्तरीबाट भारतबाट लागुऔषध ल्याइरहेका दुई युवा समातिए

<span class='c1'>सप्तरीबाट भारतबाट लागुऔषध ल्याइरहेका</span> <span class='c2'>दुई युवा समातिए</span>

राजविराज : भारतबाट लागुऔषध ल्याइरहेका सप्तरीका दुई युवालाई सप्तरी प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोईलाडी ५ बनरझुलास्थित बाँधबाट प्रहरीले अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ बस्ने २१ वर्षीय आजाद हुसेन र २२ वर्षीय बैजु साहलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।

उनीहरु स. १० प ४५१५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आएका बेला सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट फेनारगन इञ्जेक्सन ७ वटा तथा डाइजेलेप र लुपिनोसिक इञ्जेक्सन ६÷६ वटा फेला परेको डीएसपी तिलक भारतीले बताए ।

प्रकाउ परेका दुवैजमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्