कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजना भर्ना

<span class='c1'>कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु</span> <span class='c2'>अस्पतालमा चारजना भर्ना</span>

कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना गरिएका एकजना चीन र तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली भएकाले अस्पतालले जनाएको छ । शनिबार र आइतबार गरेर चार जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले दिएको जानकारीअनुसार शनिबार एकजना अस्पताल भर्ना भएका थिए । उनी चीनबाट फर्किएका व्यक्ति हुन् ।

आइतबार कोरियाबाट आएका तीनजना भर्ना गरिएको छ । तीमध्ये बिहान दुईजना र अहिले बेलुकी एकजना भर्ना भएको उनले जनाए । त्यसैगरी क्वारेन्टाइनमा रहेका १७५ जनाको दोस्रोपटक नमुना संकलन गरिएको छ । उनीहरुको रिपोर्ट सोमबार मात्रै आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्