युवा र युवतीको शव सप्तकोशी किनारमा फेला,दुवै जनाबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने

<span class='c1'>युवा र युवतीको शव सप्तकोशी किनारमा फेला,दुवै</span> <span class='c2'>जनाबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने</span>

सुनसरी फाल्गुन २० ,

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका दुई युवा र युवतीको शव सप्तकोशी किनारमा फेला परेको छ ।

आइतबारदेखि घरबाट हराएका बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव आज दिउँसो सप्तकोशी किनारमा फेला परेको हो ।

उनीहरुको मोबाइल र चप्पल कोशी किनारमा भेटिएका लिम्बु र बर्देवाको शव सोमबार नदीको ५ सय मिटर तलमाथि भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए ।

मोबाइल भेटिएको स्थानदेखि केही पर कोशी किनारमा बर्देवाको शव भेटिएको थियो । उनको शव भेटिएको स्थानबाट करिब ५ सय मिटरको दुरीमा लिम्बुको शव भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जनाबीच प्रेम सम्बन्ध भएको र परिवारबाट समस्या भएपछि कोशीमा हाम्फाल्ने निर्णय गरेको हुन सक्ने प्रहरीले बताएको छ ।

घाँस काट्नेले केटीले शव देखि प्रहरीलाई खवर गरेका थिए । शव भेटिएपछि खोजी ठाकुरबारी भन्ने स्थानमा युवक र युवतीका चप्पल र मोबाइल भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्