रबिन्द्र बराल
रंगेली फाल्गुन २०
माेरङकाे रंगेली नगरपालिकाले नगर भित्र छरिएर रहेका रहेका ५० जना अपांगहरुलाई निशुल्क रुपमा कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको छ । नगरपालिकाकाे सभाहलमा एक कार्यक्रम काे आयाेजना गर्दे अपांगहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको हाे । नगरपालिकाले अपांगहरुलाई हुइलचेयर,कृतिम हातखुट्टा,बेड लगायतका समाग्रिहरु हस्तान्तरण गरिएका थिए ।
दुई महिना अगाडि अपांगहरुकाे स्वास्थ्य चेकजाँच गरे संगै हात खुट्टा नभएका व्यक्तिहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिने भएको थियोे । सि.बि.आर बिराटनगरकाले दुई महिना अगाडि दिएकाे आश्वशन पूरा गरेको सबिआरका प्रवन्धक रन्जना दाहालले बताईन ।
रंगेली नगरपालिकाले ९ लाख तथा सि.बि.आर बिराटनगरकाेे १ लाख रुपैयाँको सहयोगमा ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा प्रदान गरिएको कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदीले बताए ।
सि.बि.अार बिराटनगरकाे प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुकाेेेेे लागि नाप जाँच तथा चेकजाँच गरि कृतिम हातखुट्टा प्रत्यारोपण गरिएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, विशिष्ट अतिथि कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी , अतिथिहरुमा वडा अध्यक्ष रामचन्द्र मंन्डल, वडाका प्रतिनिधि ,बुद्धिजीवी लागायतकाेे समेत उपस्थिति रहेको थियोे । बगडियाले भने नगर क्षेत्रका अपांगहरुलाई आवस्यकता अनुसार कृतिम हात खुट्टा हुईलच्यर जस्ता सामग्री अाफ्नै लगानीमा बितरण गरिदै जाने र अरु थप अपांगहरु भएमा उनीहरुलाई समेत कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
नेपाल सरकारले अपांगहरुलाई चार वर्गमा बिभाजन समेत गरेको छ । राताे कार्ड भएका ब्यक्तिहरुलाई पुर्ण अपांग, निलाे कार्डलाई अति अशक्त, पहेलाे कार्डलाई मध्यम र सेताे कार्ड सामान्य हुने गरी ताेकिएकाे छ । रंगेली नगरपालिका भित्रमा ६ सय जना अपांगहरु रहेका छन ।