भारततर्फ भागेका बलात्कारका अभियुक्त कृष्णबहादुर गिरी सुनसरीमा अदालत उपस्थित भए

भारततर्फ भागेका बलात्कारका अभियुक्त कृष्णबहादुर गिरी  सुनसरीमा अदालत उपस्थित भए

जयकृष्ण यादव

सुनसरी, फागुन २० गते । माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा आदेश आउने बुझेपछि सिद्धबाबा भारततिर भागेका थिए ।

जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत बिराटनगर पुगेको थियो । उनलाई झुम्का कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो ।

महिला अनु्यायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका गिरीलाई उच्च अदालत विराटनगरले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने आदेश सुनाएको थियो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले उच्च अदालत विराटनगरको आदेश कार्यान्वयन गराउन उहाँलाई झुम्का क्षेत्रीय कारागार आजै चलान गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्