विराटनगरमा टिपरको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयले गरे सडक अबरुद्ध

विराटनगरमा टिपरको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयले गरे सडक अबरुद्ध

विराटनगर -१९ मा टिपरको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

घिनाघाट-विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपरले विपरित दिशातर्फ आउँदै गरेको १-००२ ह ८६०६ नम्बरको ट्याम्पोलाई राति साढे नौ बजे ठक्कर दिएको थियो ।ट्याम्पो चालक बाबुराम सरदार र आरही कुमारी सरदार हजुरबुबा नातिनी भएको एसपी अधिकारीले बताए ।प्रहरीले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ का वर्ष ३२ का हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।

आक्रोशित भीडले टिपरमा आगजनी गरेका थिए । घटनास्थलमा प्रहरी पुगी दुवै लाशको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको प्रहरीले बताएको छ ।

सडक अबरुद्ध गर्दै स्थानीय :   

आज बिहान  घटनास्थलमा स्थानीय भेला भई बाटो अवरोध गरिरहेका छन् । उनीहरुले सडक छेउका रुख लडाएर , टायर बालेर सडक अबरुद्ध गरिरहेका छन् । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारवाहीको माग राखेर नाराबाजी गरिरहेका छन् । बिहानैदेखि आन्दोलनमा उत्रेका स्थानीयले अहिले त्यस क्षेत्रमा कुनैपनि सवारीसाधन चल्न दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्