झापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान

झापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान

बनियानी, फागुन २१ गते ।

झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिनुभयो ।

ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

“विद्यालयमा मात्र होइन, समुदायस्तरमा पनि अभियान सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “अभियानमा उत्साहजनक सहभागिता देखिएको छ ।” कार्यक्रमले कोरोना भाइरसविरुद्ध सचेतना अभिवृद्धि हुँदै गएको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाव्यापीरूपमा सचेतनामूलक कार्यक्रम गछौँ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्