प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै मोरङको उर्लाबारीमा दिप प्रज्वलन गरिएको छ ।
बुधबार बेलुकी राष्ट्रिय युवा संघ नगर कमिटी उर्लाबारी र अनेरास्ववियू उर्लाबारी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा उर्लाबारी चौकमा दिप प्रज्वलन गरिएको हो । मिर्गौला प्रत्यारोपण गर्नु भएका प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरिएको युवा संघका उर्लाबारी नगर सह–संयोजक योगेश बस्नेतले जानकारी दिनुभयो ।
पार्टीका मोरङ जिल्ला सदस्य मानबहादुर श्रेष्ठ, उर्लाबारी नगरपालिकाकी उपमयेर तथा जिल्ला सदस्य लक्ष्मीदेवी भण्डारी, नगरअध्यक्ष उमाकान्त गौतमलगायतको सहभागिता रहेको थियो । दिप प्रज्वलन कार्यक्रममा विद्यार्थी, युवा, शुभेच्छुकलगायतको उल्लेखिय सहभागिता रहेको युवा संघका जिल्ला सदस्य दिपक आले मगरले जानकारी दिनुभयो । त्यस्तै, उर्लाबारी चौकमै यु–युथ अफ उर्लाबारीको आयोजनामा दिप प्रज्वलन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्