धनकुटा । धनकुटामा हालसम्म निजी घर निर्माण गर्न ४६ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका छन् ।धनकुटामा आयोजित पुनर्निर्माणमा देखिएका कानुनी समस्या र समाधानका उपाय सम्बन्धी छलफल कार्यक्रममा दिइएको जानकारी अनुसार कुल ३२ सय ४४ लाभग्राहीमध्ये १४ सय ९४ ले मात्र तेस्रो किस्ता लिएका हुन् ।
भुकम्प गएको पाँच वर्ष वित्न लाग्दा ४६ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका हुन् ।
त्यस्तै हालसम्म पहिलो किस्ता बापतको रकम ८० प्रतिशत र दोस्रो किस्ता बापतको रकम ७० प्रतिशतले मात्र लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ धनकुटाका प्रमुख थिरेन्द्र दाहालले जानकारी दिए ।
पीडितलाई क्षतिको विषयमा प्राविधिकको मूल्यांकनका आधारमा पहिलो किस्ता स्वरुप ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा वैकल्पिक उर्जा जडानका लागि समेत एक लाख रुपैंयाँ सरकारले अनुदान दिने व्यवस्था गरेको थियो ।