डढेलोको प्रकोपमा परेको अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य २४० दिनपछि डढेलो मुक्त

डढेलोको प्रकोपमा परेको अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य २४० दिनपछि डढेलो मुक्त

एजेन्सी
काठमाडौं, फागुन २१ गते । डढेलोको प्रकोपमा परेको अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य २४० दिनपछि डढेलो मुक्त भएको छ । महिनौंसम्म डढेलोको प्रकोप रहँदा अष्ट्रेलियामा कम्तिमा २८ जनाको मृत्यु भएको थियो । तीन हजार घर नष्ट हुनुका साथै करोडौं जनावर प्रभावित भएको छ ।
साउथ वेल्सको ‘रुरल फायर सर्भिस’ले करिब २४० दिनसम्म डढेलो नियन्त्रण अभियान सञ्चालन गरे पश्चात साउथ वेल्स राज्य डढेलोको प्रकोपबाट पूर्णरुपमा मुक्त भएको जनाएको छ ।

डढेलोको प्रकोप अष्ट्रेलियामा सबैभन्दा बढी पूर्वी तटीय क्षेत्र रहेको न्यू साउथ वेल्स राज्यमा देखिएको छ । जस अन्तगर्त अष्ट्रेलियाको प्रमुख शहर सिड्नी पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्