अस्पतालबाट भागेका व्यक्ति विराटनगर हुदै धरानमा, विपि कोइराला प्रतिस्ठानमा भर्ना

<span class='c1'>अस्पतालबाट भागेका व्यक्ति विराटनगर हुदै</span> <span class='c2'>धरानमा, विपि कोइराला प्रतिस्ठानमा भर्ना</span>

विराटनगर फाल्गुन २० ।

आज दिउसो एक्कासी मिडियामा टेेेेकु अस्पतालबाट कोरोना भाइरसको संक्रमण आशंकामा बसेका एक विमारी भागेको खबर सामाजिक सञ्जालमा भाइरल बन्यो । विराटनगर विमानस्थलमा आएको समाचारले विराटनगर लगायत पुर्व मै मानिसहरू त्रसित बने ।

टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका उक्त व्यक्ति धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्।

उनी भागेपछि उनी त्रिभुवन विमानस्थलबाट सिधै विराटनगर बिमानस्थल आएका थिए । त्यसपछि उनी उनको घर धरान गए । प्रहरीले उनलाई धरानमा नै आफ्नै घरमा रहेको जानकारी पायो । अहिले उनी धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा आइसोलेसनमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्