विवाह गरेको केही समय नबित्दै नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफाले

विवाह गरेको केही समय नबित्दै नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफाले

रामहरि गजुरेल
नुवाकोट, फागुन २२ गते । विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन् ।

त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् मौशमलाई घटना लगत्तै घाईते अवस्थामा प्रहरीले उद्धार गरेको थियो । छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार जिवित उद्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा राखिएको छ ।

छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारिक विवादका कारण दुवैले आत्महत्याको प्रयास गरेको भनिए पनि यसको खास कारण भने खुल्न सकेको छैन । तर, यसबारे थप अध्ययन भइरहेको मुद्दा शाखा प्रमुख विष्णु फुँयालले जानकारी दिनुभयो । यी दुवैको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्