सप्तरीको रूपनीमा एक महिलालाई बलात्कार गरेको कसूरमा एक जनालाई सात वर्ष कैद सजाय

सप्तरीको रूपनीमा एक महिलालाई बलात्कार गरेको कसूरमा एक जनालाई सात वर्ष कैद सजाय

सप्तरी । तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले बिहीबार यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ ।

जिल्ला अदालतको आदेशमा यादव चैत ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेले प्रहरीलाई खबर गरी विसं २०७५ फागुन ११ गते राति आरोपितलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७५ फागुन १२ गते उजुरी दिएपछि प्रहरीले उजुरी दर्ता गरी कारवाही थालेको हो ।

पीडितका श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा छन् ।

आपसमा आर्थिक लेनदेनको विवाद रहेको र महिलाले आफूलाई फोन गरी बोलाएर फसाएको आरोपितको भनाइ छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्