भोजपुरमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परे

भोजपुरमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परे

भोजपुरमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भए पनि आज मात्र प्रहरीले सार्वजनिक गरेको हो । परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनटथ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान र एनसेलको एक थान सिमकार्ड बरामद भएको छ ।

साथै परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेजसमेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्