धनकुटामा आज दिउँसो बस दुर्घटना : २५ जना भन्दा बढी घाईते

धनकुटामा आज दिउँसो बस दुर्घटना : २५ जना भन्दा बढी घाईते

धनकुटा फाल्गुन २३

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँने क्रम जारी रहेकाले घाईतेको संख्या यकिन हुँन वाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । घटनाको थप विवरण आउँन वाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्