कोरोनाको महामारी फैलन नदिन यस्तो छ बुद्ध एयरको तयारी

कोरोनाको महामारी फैलन नदिन यस्तो छ बुद्ध एयरको तयारी

कोरोनाभाइरसको महामारी फैलन नदिन र भाइरसबाट बच्न बुद्ध एयरले सतर्कता अपनाएको छ । बुद्ध एयरले सतर्कताको लागि एयरलाइनमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक प्रक्रिया तथा सावधानी अपनाउन सचेत गराएको छ ।

भाइरसबाट बच्न तथा सामनाका लागि हामी सम्पूर्ण नेपाली तयार हुनुपर्ने भन्दै एयरलाइनले यसको शुरुवात आफैबाट गर्नुपर्ने पनि बताएको छ । बुद्धले आफ्ना जहाज तथा रयाम्प बसहरुलाई संक्रमणरहित र सुरक्षित तुल्याउन विशेष सरसफाई तथा प्रक्रिया थालिसकेको छ ।

यात्रु सुरक्षा हाम्रो पहिलो दायित्व भएको भन्दै एयरलाइनले चेक–इन काउण्टरमा एयरलाइनका कर्मचारीले विशेष यन्त्रसहित हरेक यात्रुको तापक्रम मापन गर्न लागेको बताएको छ । साथै तापक्रम बढी भएका यात्रुलाई घर फिर्ता तथा आवश्यक उपचारका लागि अनुरोध गरिने कार्यलाई अगाडी बढाएको पनि बुद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्