एसईई पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट

एसईई पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ ।  केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचारहरु प्रवाह भैरहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै एसईई परीक्षा पूर्व निर्धारित समय चैत ६ गतेबाटै हुने जानकारी दिएको हो ।

‘चैत ६ गतेदेखि हुनेगरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परीक्षा सारेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालय सबैमा अनुरोध गर्दछ’ मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

साथै मन्त्रालयले घट्नाक्रमको नियमित समिक्षा र विश्लेषण गरिरहेको जनाएको छ । ‘आवश्यक्ता वा औचित्यका आधारमा थप निर्णय भएमा यस मन्त्रालय अन्तर्गतका आधिकारिक वेभसाइटमार्फत एवम् सार्वजनिक सञ्चारमाध्यमबाट त्यस्तो सूचना शीघ्र सम्प्रेषण गर्ने जनाएको छ । मन्त्रालयले कक्षा १ देखि नौ सम्मको परीक्षा चैत ५ सम्म सम्पन्न गरिसक्न यसअघि नै आव्हान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्